साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

डेंगी संक्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द

दमौली ।  तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेंगी संक्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ । 

आँबुखैरेनी गाउँपालिका–३ स्थित मर्स्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेंगी संक्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो । 

विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेंगी संक्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन संक्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी संख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । डेंगी रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ ।” कुँवरले डेंगी संक्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गर्नुभयो । 

आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ०० बजे