काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जंगलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।
“घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरूले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्”, उहाँले भन्नुभयो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।
प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ३ : ३९ बजे
प्रतिक्रिया