काठमाडौं । रसुवाको स्याफ्रुबेंसी गएको एयर डाइनेस्टीको कल साइन नाइन एन–एजेडी हेलिकप्टर बेपत्ता भएको छ । बेपत्ता भएको हेलिकप्टर दुर्घटना भएको आशंका गरिएको छ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ ।
यस सम्बन्धमा बिस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार २ : ५९ बजे
प्रतिक्रिया