साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ट्रम्प हत्या प्रयासको आरोपमा एक पाकिस्तानी पक्राउ

वासिङटन डिसी ।  अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको योजना बनाएको आरोप इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई  पक्राउ गरिएको छ।

एफबीआईका निर्देशक क्रिस्टोफर रेले यो हत्या गर्ने षड्यन्त्र वा योजनाको सम्बन्ध प्रत्यक्षरूपमा इरानसँग रहेको जनाएका छन्।

४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा हिटम्यान हायर गर्ने प्रयास गरेको आरोप  छ।

रिपब्लिकन उम्मेदवारको हत्याको षड्यन्त्रमा इरानको संलग्नता पत्ता लागेपछि अधिकारीहरूले जुनमा ट्रम्पको सुरक्षा बढाएका थिए ।

मंगलबार एफबीआई निर्देशकले कुनै पनि राजनीतिज्ञ वा कुनै अमेरिकी नागरिकको हत्या गर्ने विदेशी षडयन्त्र हाम्रो राष्ट्रिय सुरक्षाको लागि खतरा भएको र यसको सामना गर्न एफबीआईले आफ्नो पूरा स्रोत प्रयोग गर्ने बताउनुभयाे।

आसिफ मर्चेन्टलाई जुलाईमा पक्राउ गरी हाल न्यूयोर्कमा राखिएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ३७ बजे