काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १ हजार ७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १२ : ३० बजे
प्रतिक्रिया