काठमाडौँ । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई अहिले पन्छाउने कार्य जारी रहेको र केही समय लाग्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ११ : २१ बजे
प्रतिक्रिया