गलकोट । बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।
स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा छजनाको मृत्यु भएको थियोभने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पु-याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए ।
तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिनुभयो । अन्य घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पु-याइएको छ ।
प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ११ : १३ बजे
प्रतिक्रिया