‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न त्रिपुरेश्वर जानुहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन खेल हेर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वर जानुहुने भएको छ ।

फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री ओली सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ ।

नेपाल र भारतबीचको फाइनल खेल साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु हुनेछ ।

हिजो मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

त्यस्तै, पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।

लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : १८ बजे