‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त हुनुभएको छ ।

नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गर्नुभएको हो ।  मंगलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको थियो । 

यस अघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद् भंग गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिनुभएको थियो । ८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चलान गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : २८ बजे