साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बंगलादेश : अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार

ढाका । बंगलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गर्नुभएकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मंगलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताउनुभएको छ । 

प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुस्मनी र लाखौँ बंगलादेशीको व्यापक सम्मान आर्जन गर्नुभएका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ । 

 “यदि बंगलादेशमा मेरो देश र जनताका लागि साहसको कारवाही आवश्यक छ भने म यो लिनेछु,” युनुसले भन्नुभएको छ । विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उहाँले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गर्नुभएको छ । 

७६ वर्षीया हसिना सन् २००९ देखि सत्तामा हुनुहुन्थ्यो तर उहाँमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उहाँको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए । 

अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमबार एक हेलिकप्टरमा सवार भएर भाग्नुभयो । 

सेना प्रमुख जनरल वेकर–उज–जमानले सोमबार सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्दै अब ‘हिंसा रोक्ने समय’ आएको बताउनुभयो । 

राष्ट्रपतिले मंगलबार संसद् भंगगर्नुभएको छ । विद्यार्थी नेताहरू र प्रमुख विपक्षी बंगलादेश नेशसनल पार्टी (बीएनपी) ले संसद् भंग गर्न र तीन महिनाभित्र निर्वाचन गर्न माग गरेका थिए । 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : ०३ बजे