काठमाडौं । नेकपा (एमाले) को पार्टी कार्यालय फेरि डुबानमा परेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा गएराति र आज परेको पानीका कारण डुबानमा परेको हो ।
कर्यालयका चन्द्रदेव पासवानले कार्यालयमा पानी पसेको बताउनुभयो । मनोहरा खोलाको पानी बढेर पार्टी कार्यालयभित्र पसेको हो । “पानी पार्टी कार्यालयको कम्पाउन्डभित्र पसेको छ,” उहाँले भन्नुभयो, “अहिले पार्टी कार्यालयमा कोही आउनुभएको छैन । ”
उहाँले डुबानका कारणले पार्टी कार्यालयको पार्किङ र क्यान्टिनभित्र पनि पानी भरिएको बताउनुभयो ।
यसअघि कार्यालयको भुइँतलामा पानी भरिएकाले सरसफाइ भइरहेकोे थियो । भुइँतलाको कुर्ची कार्पेट भिजेकोलाई सुकाउने कार्य भइरहेकालेमा फेरि पनि पानी पसेपछि एमाले कार्यालयको भुइँतला अहिले बस्नलायक छैन ।
यसअघि पनि पार्टी कार्यालयमा पानी पसेको कारणले यही साउन १७ गतेको सचिवालय बैठक एक होटलमा बसेको थियो ।
प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार १ : २५ बजे
प्रतिक्रिया