विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बागलुङमा पहिरोले पुरिएर १५ वर्षीय बालकको मृत्यु

बागलुङ ।  पहिरोले पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–९ नयाँबस्ती बलघासमा पहिरोले पुर्दा १५ वर्षीय विधान परियारको मृत्यु भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

घर जोगाउनका लागि भल पन्छाउने क्रममा पहिरो खसेर परियारलाई पुरेको सुवेदीको भनाइ छ । परियारको शव निकालेर पोष्टमार्टका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

वर्षाका कारण बडिगाडकै वडा नम्बर १० दर्लिङमा पहिरोका कारण एक घर पुरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्ग बरालले जानकारी दिनुभयो 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : ०२ बजे