‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बेलुका ५  बजे बैठक बोलाइएको हो । 

बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ । आजको बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी)को सरुवा तथा पदस्थापनसमेत गर्नेछ । साथै केही मन्त्रालयहरूका सहसचिवहरूको सरुवासमेत हुन सक्ने पनि बताइएको छ । 

साथै केही बंगलादेशमा विकसित घटना र त्यसले नेपालमा पार्न सक्ने असरबारे पनि छलफल हुन सक्ने  बताएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १२ : ३९ बजे