काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार सुन तोलाको २ हजार ३ सयले घटेर तोलाको १ लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर १ हजार ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार ११ : ४२ बजे
प्रतिक्रिया