‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 कथा वाचिका प्रतिभाको पक्षमा एमाले नेता सूर्य थापा 

​​​​​​​काठमाडौं। भागवत वाचिका देवी प्रतिभाको पक्ष र विपक्षमा अनेक टिप्प्णी भएको बेला एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य  थापा भने प्रतिभाको पक्षमा खुलेर लाग्नु भएको छ। मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो  धारण राख्दै थापाले प्रतिभाको पक्षमा प्रतिरक्षा गर्नुभएको हो। 

फेसबुकमा आफ्नो धाराण राख्दै उहाँले लेख्नु भएको  छ –भागवत वाचिका देवी प्रतिभाले व्यासपीठबाट महिलाको वाचन क्षमत,  सामर्थ्य  र हैसियतलाई नेपाली समाजमा एकैपटक चर्चित र लोकप्रियताको शिखरमा पु–याउनु भएको छ। उहाँको वाचनकलाको आज सर्वत्र चर्चा भइरहेको छ।

काभ्रे, मण्डन देउपुरको सामान्य परिवारमा जन्मेर आफ्नो अध्ययन, मेहेनत र साधनाले १४ दिन मात्रकै भागवत वाचनमा उहाँ नेपालमा बहुचर्चित मात्र हुनुभएको छैन, आम स्रोताहरूको मनमनमा सर्वप्रिय बन्नुभएको छ । उहाँले अगाडि लेख्नुभएको छ  –
मैले उहाँलाई पहिले सुनेको र जानेको थिइनँ । कामको व्यस्तताले गर्दा कार्यक्रमस्थलमा पुगेर सुन्न पनि संयोग मिलेन। प्रकाश सुवेदीले “द प्रकाश सुवेदी शो“मा र टीकाराम यात्रीले लिनुभएको “अन्तर्वार्ता“ तथा इन्द्रेणीमा उहाँको “प्रस्तुति“लाई गम्भीरतापूर्वक सुन्ने कोसिस गरें ।
एउटी नेपाली छोरीले भारतमा पुगेर यस क्षेत्रमा हासिल गरेको ज्ञान, क्षमता र उचाइ साँच्चिकै लोभलाग्दो र मोहक देखिन्छ ।
 

केही बिषयमा उहाँलाई प्रहार गर्ने जुन कोसिस भएको छ, त्यो खेदजनक छ । 
जस्तो कि–  
१)   उहाँ कमला भासिन होइन, जसले महिला–पुरुष समानताको बारेमा बोल्नुभएको होस् ! देवी प्रतिभाले त  शास्त्रमा डिभोर्स नै नरहेको तर आज कानूनमा यो व्यवस्था गरिएको छ भन्दै शास्त्रका विषयमा प्रवचनमा चर्चा गर्नुभएको छ। त्यो एकदम सही छ। त्यसमा उहाँको आलोचना गर्नु अर्थहीन, गलत र द्वेषपूर्ण छ।
२)  विवाह निजी मामिला हो। अनिरूद्ध आचार्यजी सपरिवार भागवत वाचन गर्न आउँदा र पशुपतिनाथमा पूजाआजा गरेको देख्दादेख्दै देवी प्रतिभाले विवाह गरिसकेको वा नगरेको जुनसुकै अवस्थामा आलोचना खेप्नुपर्ने कुनै तर्कसम्मत आधार छैन। भागवत वाचिका हुन अविवाहित नै हुनुपर्ने कुनै पूर्वशर्त र अनिवार्यता पनि छैन।
नेपाली छोरी जन्मभूमि र माइतीमा आउँदा खेदो खन्ने परपीडकहरूलाई श्री पशुपतिनाथले सद्बुद्धि र संस्कार प्रदान गरून् ! खासमा यो नेपाली संस्कार हुँदै होइन।
वाचनशिरोमणि पंडित नारायणप्रसाद पोखरेलले भागवत वाचनलाई नेपालमा जनजनमा लोकप्रिय बनाउनु भएको थियो । उहाँले भागवत वाचनबाटै सामाजिक क्षेत्रमा अर्बौं रकम संकलन र हस्तान्तरण गर्नुभएको विदितै छ। जल्लादहरूले उहाँको लोकप्रियताबाट तर्सिएर कायरतापूर्वक हत्या गरेर राष्ट्रलाई नै अपुरणीय क्षति पु–याएका छन्। 
देवी प्रतिभाले भागवत वाचनमा रहेको पुरुषको एकछत्र वर्चस्वलाई चुनौती दिनुभएको छ। यही चुनौती महसुस गर्नेहरूको आलोचना, विरोध र निन्दा उचित छैन।
उहाँले आफ्नो क्षेत्रमा अरू धेरै गर्नुछ,
म अन्तरहृदयदेखि नै उहाँको अझ बढी
सफलता र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : १९ बजे