साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

प्रधानमन्त्रीद्वारा कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवनको उद्घाटन  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । 

उहाँले आज बिहान आयोजित एक कार्यक्रमबीच वीर अस्पतालमा रहेको नवनिर्मित सर्जिकल भवनसहित युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन गर्नु भएको हो ।

वीर अस्पतालस्थित कोभिड– १९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षा सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । 

उहाँले कोभिड विरुद्धको लडाइमा जनताको जीवनलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो । 

​​​​​​​

स्वास्थ्य सुविधाको न्यनुतम उपलब्धताका बाबजुद महामारी नियन्त्रणमा धैरै हदसम्म सफल भएको भन्दै प्रधानमन्त्री ओलीले कोभिडलाइ पुर्णरुपमा हराउन स्वास्थ्य सजगता पालना गर्न सबैमा आग्रह गर्नुभयो ।

नवनिर्मित कोभिड अस्पतालबाट जनताले पुर्ण रुपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । 

 

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : ०६ बजे