साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आफू बसेकै स्थानमा सुरक्षित रहन बंगलादेशमा रहेका नेपालीलाई राजदूतावासको आग्रह

काठमाडौं । बंगलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बंगलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेशसमेत जारी भएको सन्दर्भमा बंगलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन त्यहाँको नेपाली राजदूतावासले एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।

बंगलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरू नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपालीहरू सुरक्षित रहनुभएको र उहाँहरूसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको पनि सूचनामा उल्लेख छ ।

साथै, नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा सम्पूर्ण नेपालीहरूले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : ०८ बजे