सुनको मूल्यमा नयाँ कीर्तिमान

पार्टीभित्रको विवाद समाधान गर्न गठित एमाले कार्यदलको बैठक सुरु

काठमाडौं । पार्टी भित्रको आन्तरिक विवादमा सहमति गर्दै आज सार्वजनिक गर्ने बारे छलफलका लागि सत्तारुढ नेकपा (एमाले) कार्यदलको बैठक सुरु भएको छ । 

निर्धारित समयभन्दा करिब एक घण्टा ढिला नेताहरू जम्मा भएपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अहिले केहीबेर अघिमात्र बैठक सुरु भएको हो ।

बैठकमा यसअघि कार्यदलले जुटाएको सहमतिको मस्यौदामा हस्ताक्षर गरेर आजै स्थायी कमिटीमा पेश गर्ने तयारी गरिएको बताइएको छ । ​​​​​​​

पार्टीभित्रको  विवाद समाधान गर्न गठित कार्यदलको सिंहदरबारमा शनिबार बसेको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको र ९ बुँदे मस्यौदामा सहमति जुटाइसकेको बताइएको थियो ।  

विवाद समस्या समाधान गर्दै एमालेले आज पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिँदै छ ।  आजको बैठकमा स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबाहेक सबै नेताहरू उपस्थित हुनुहुन्छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : ०२ बजे