‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त हुनुभएकाे छ । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेस गर्नुभएकाे थियाे ।

प्रदेश प्रमुख नजिर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएकाे हाे । उहाँ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ ।

केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै प्रदेशहरुमा पनि त्यसको प्रभाव देखिएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिबमोजिम शाह मुख्यमन्त्री नियुक्त हुनुभएकाे हाे ।

सुदूरपश्चिम प्रदेश सभा कुल ५२ सदस्यीय रहेको छ । नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसदको समर्थनमा सरकारको दाबी पेस गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ०० बजे