साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्य हटाइयो

काठमाडौँ । उर्जामन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ ।  मन्त्रिस्तरीय निर्णयबाट सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो । 

दुवैलाई यसअघि साउन १५ गते स्पष्टीकरण सोधिएको र सो स्पष्टीकरणको जवाफ साउन १८ गते दुवैले बुझाएकोमा ऊर्जा मन्त्रालयले सोही दिन नै दुवैलाई हटाएको थियो । 

पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौताको विवादमा प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएको बताइएको छ ।

विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएपछि अहिले यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत पुगेको छ । लेखा समितिमा पुगेर समेत कुलमानले बक्यौता नतिरे उद्योगको लाइन काटिदिने आफ्नो अडान दोहोराएका थिए । 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ४ : ५३ बजे