साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

परराष्ट्र सचिव लम्साल ओमान प्रस्थान गर्दै

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्दै हुनुहुन्छ ।

सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ  प्रस्थान गर्न लाग्नुभएको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ यही साउन २५ गते स्वदेश फर्कनुहुनेछ । 
 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ४ : ३१ बजे