‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संविधान धार्मिक ग्रन्थ जस्तो असंशोधनीय होइन : ओली 

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान धार्मिक ग्रन्थजस्तो संंशोधन गर्न नमिल्ने विषय नभएको बताउनुभएको छ। 

एमाले मुख्यालयमा आइतबार  आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहणमा कार्यक्रममा उहाँले  सत्तारूढ गठबन्धनले कुनैपनि खालको भ्रम सृजना गर्ने गरी काम नगर्ने प्रष्ट्याएउनुभयो  । संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइबल, कुरानजस्तो असंशोधनीय दस्तावेजको रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न प्रधानमन्त्रीको आग्रह थियो ।

उहाँले संविधान  संशोधनविरुद्ध भ्रम फैलाउनेहरू मुलुकमा क्रियाशील रहेको बताउनुभयो  ।
माओवादीलगायतका प्रतिपक्ष दलले प्रतिगमनका लागि कांग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको आफूहरूले स्टन्टबाजीको रूपमा कुनै पनि काम नगर्ने प्रष्ट पार्नुभयो  ।

‘नेपाली कांगेस र नेकपा एमालेको यो समीकरणले संविधान संशोधनजस्तो कुरा गर्दा यो लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेन्डा हो संविधान संशोधन । त्यसकारण लोकतन्त्रका लागि यो कुनै भुलभुलैया वा कुनै अफवाहको भरमा वा कुनै अन्योलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि अथवा कुनै स्टन्टबाजीको रूपमा यसले कुनै पनि काम गर्दैन, कुनै विचार पनि प्रस्तुत गर्दैन । कुनै अन्यौल र भ्रम पनि चाल्दैन । स्टन्टबाजी पनि गर्दैन, कसैलाई झुक्याउने खेल पनि खेल्दैन,’ ओलीले भन्नुभयो  ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको बताउनुभयो  । उहाँले  संविधान संशोधनविरुद्ध भ्रम फैलाउन कोसिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुभयो । 

सुखी नेपाली बनाउने लक्ष्य अनुरूप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको प्रधानमन्त्रीको भनाइ छ ।
 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : ५८ बजे