‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कांग्रेस-एमालेको गठबन्धन लामो समयसम्म टिक्ने विमलेन्द्र निधीकाे विश्वास

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले कांग्रेस-एमालेको गठबन्धन लामो समयसम्म टिक्ने बताउनुभएको छ ।

जनकपुरधामको श्रीराम युवा कमिटीको नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको हो ।

नेता निधीले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसद्‍मै आफू दुई वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुभएकाले पनि यो गठबन्धन लामो समयसम्म टिकाउ हुने उल्लेख गर्नुभयो ।

तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टि नरहेको र वर्तमान गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने निधीको भनाइ थियो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : २२ बजे