‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नगर प्रहरीको बलमा जारी बालेनको गुण्डागर्दी नसहने विद्यासुन्दरको उद्घोष

काठमाडौँ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले वर्तमान मेयर बालेन साहको कार्यशैलीमाथि टिप्पणी गर्नुभएको छ । 

पछिल्लो समय न्युरोड क्षेत्रमा कहिले सडकपेटी बढाउने र कहिले फुटपाथ व्यसायमाथि धावा बोल्ने शैलीमाथि लक्षित गर्दै पूर्वमेयर शाक्यले वर्तमान मेयर बालेनलाई नगरप्रहरीको आडमा गुण्डागर्दी नगर्न आग्रह गर्नुभएको हो । यो क्रम निरन्तर रहे त्यसलाई नसहने भन्दै शाक्यले चेतावनीसमेत दिनुभयो । 

शनिबार नेपाल खेलकुद महासंघले काठमाडौंमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै पूर्वमेयर शाक्यले भन्‍नुभयो, "न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको छ। जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोकेर प्रतिरोधमा उत्रिएको देखिएको छ। नगरप्रहरीको बलमा यस्तो गुण्डागर्दी सह्य हुने छैन।" 

यस्तै धरहराबारे बालेनको अभिव्यक्तिमासमेत उहाँले आपत्ति जनाउनु भएको छ । धरहरा बनाउने जस अरूले पाएको नसहेको शाक्यको ठहर छ । यस्तोमा धरहरा भत्काउने भन्‍ने अभिव्यक्ति दिन नहुने भन्दै शाक्यले बालेनको प्रतिवाद गर्नुभयो । 

यतिबेला काठमाडौँमा भत्काउने काम मात्र बढी भएको र यसले नागरिकमाथि ज्यादती भएको भन्दै महानगरले बनाएको कुरा सुन्न आफू आतुर रहेकोसमेत शाक्यले बताउनुभयो । 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ४ : ४८ बजे