साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

चीनमा पुल भत्किदा पाँचजना बेपत्ता

बेइजिङ ।  दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँच जना बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन् । 

सिचुआन प्रान्तको स्थानीय सरकारले काङडिङ र लुडिङबिचको राजमार्गमा दुईवटा सुरुङ जोड्ने पुल पहिरोका कारण भत्केको बताइएको छ ।

बिहान ११  बजेसम्म छ जना सवार तीनवटा गाडीहरू सडकबाट खसेको अधिकारीहरूले पुष्टि गरेका थिए जसमध्ये एक व्यक्तिको उद्धार गरिएको छ र पाँच बेपत्ता छन्”, सरकारले एक सामाजिक सञ्जालमार्फत जनाएको छ ।

“हाल उद्धारकर्ताहरू घटनास्थलमा खटिएका छन्”, विज्ञप्तिमा भनिएको छ। 

गत महिना उत्तरी साङ्सी प्रान्तको राजमार्गमा पुल खस्दा ज्यान गुमाउनेको संख्या १२ बाट बढेर ३८ पुगेको र २४ जना अझै बेपत्ता रहेको राज्य सञ्चार माध्यमले शुक्रबार जनाएको हो । 

मे महिनामा दक्षिणी चीनमा लगातारको वर्षापछि एउटा राजमार्गको पुल भत्किँदा ४८  जनाको मृत्यु भएको थियो । 
 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ३ : ४४ बजे