‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राजनीतिक स्थायित्वका लागि दुई ठूला दलको सरकार : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताउनुभएको छ । 

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. १ का दुवै प्रदेश कार्य समितिद्वारा आज यहाँ आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा उहाँले राजनीतिक स्थिरता राजनीतिक, सामाजिक, आर्थिक विकासका काम गर्न दुई ठूला दल मिल्नुपरेका हो भन्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा स्थिरता र स्थायित्व दिनका लागि दुई प्रमुख राजनीतिक दल आर्थिक, सामाजिक परिवर्तन र राजीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको हो ।”

 वर्तमान सरकारलाई सफल तुल्याउन जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्ने कार्यमा जुट्न उपप्रधानमन्त्री सिंहले पार्टी कार्यकर्तालाई आह्वान गर्नुभयो । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पहिलो र दोस्रो ठूलो राजनीतिक दलबीचको सहकार्यमा बनेको वर्तमान सरकार राजनीतिक स्थिरता र विकासका लागि परिणाम देखिने गरी काम गर्ने बताउनुभयो । दुई ठूला दल मिलेर प्रदेशमा सरकार बनेपछि स्थिरताको जग बसेको उहाँको भनाइ थियो ।

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १ : ३३ बजे