‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमालेको जिम्मेवारीबाट को–को भए बिदा ?

काठमाडौं । नेकपा एमालेले आफ्नो केन्द्रीय समितिमा  १७ जना  सदस्य थप्दै  लामो समय पदीय जिम्मेवारीमा निष्क्रिय रहेका केही नेतालाई पार्टी जिम्मेवारीबाट बिदा गरेको छ । 

बिहीबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले अस्वस्थ रहेका र पार्टी जीवनमा निष्क्रिय रहेका नेताहरूलाई बिदाइ गरेको हो । 

यसरी पदमुक्त हुनेहरूमा लामो समयदेखि निष्कृय बसिरहनुभएका स्थायी कमिटी सदस्य मणि थापादेखि बिरामी पर्नुभएका पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डम्बरसिंह साम्बाहाम्फेसम्म छन् । थापा केही समयदेखि पार्टीमा निष्क्रिय रहेको थिए । 
थापा २०७९ सालको निर्वाचनमा प्यूठानको प्रतिनिधि सभाका उम्मेदवारको आकांक्षी रहनुभएको थियो । तर प्यूठानमा सूर्य थापाले टिकट पाएर निर्वाचनसमेत जितेपछि थापा पार्टी गतिविधिबाट टाढिँदै जानुभएको थियो । 

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि सर्वोच्च अदालतको आदेशपछि एमाले ब्युतिँदा माओवादीका नेता रामबहादुर थापा बादलसँगै मणि थापा पनि एमालेमै रहनुभएको थियो । त्यसपछि गठित सरकारमा थापा केही समय खानेपानीमन्त्री समेत बन्नुभएको थियो । एमालेको दसौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका थापालाई पार्टी स्थायी कमिटी सदस्य बनाएको थियो । 

एमाले विधानमा लगातार तीनवटा बैठकमा बिनाजानकारी अनुपस्थित भएमा पदमुक्त गर्ने प्रावधान छ । 
त्यसैगरी भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका सचिव टोपबहादुर रायमाझीलाई पहिल्यै नै निलम्बन गरिसकिएको छ । 
यस्तै दक्षिण कोरियाको राजदूत बन्नुभएकी स्थायी कमिटी सदस्य डा। शिवमाया तुम्बाहाम्फेलाई पनि पार्टीगत जिम्मेवारी बिदा गरिएको छ ।  

यस्तै लामो समयदेखि उपचार गराइरहनुभएका वसन्त नेम्बाङलाई पनि पार्टी जिम्मेवारीबाट मुक्त गरिएको छ । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेम्बाङ पार्टी कामको सिलसिलामा ताप्लेजुङ पुगेको बेला अचानक बिरामी पर्नुभएको थियो । 
पार्टीले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डम्बरसिंह साम्बाहाम्फेलाई पनि बिरामी भएको कारणले पार्टी गतिविधिमा उपस्थित हुन नसकेपछि पार्टीले जिम्मेवारीबाट बिदा गरेको हो ।
 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १ : ०३ बजे