‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याउने तयारी 

काठमाडौं । नागरिकको अधिकतम हित हुने गरी देशलाई अग्रगमनमा नलगी नहुने अडानका साथ सत्ताको नेतृत्व लिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल थाल्नुभएको छ ।

प्रधानमन्त्री ओलीले हिजो यससम्बन्धी कार्यदल गठन गरेर विमानस्थल सञ्चालनको पहल गर्नुभएको हो । यसका लागि यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकबाट पास गर्ने गरी एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकिसक्नु भएको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि आवश्यक सुझाव दिन विज्ञहरूलाई अनुरोध पनि गर्नुभएको छ । यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए त्रिभुवन विमानस्थलमा रहेको अत्यधिक चाप घटाउन मद्दत पुग्ने समेत बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गनुभएको छ—
थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं । हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ । विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाई समेत अनुरोध गर्छु ।

 

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १२ : २० बजे