विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु, भरुवा बन्दुकसहित दुई पक्राउ

डोटी । डोटीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दिपायल सिलगढी नगरपालिका-८ लडागडाका ३३ वर्षीय रामबहादुर साउद र  ४२ वर्षीय दिल्लीबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

धानबारीमा लुकेको अवस्थामा राति करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट उनीहरूलाई पक्रन प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताउनुभयो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको र विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।

शुक्रबार बिहान करिब ११ बजेतिर जंगली बँदेल मार्ने क्रममा पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापालाई गोली लागेर घटना स्थलमै ज्यान गएको थियो ।
स्थानीय घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्ने क्रममा थापालाई गोली लागेको थियो ।

मृतक थापा पनि सोही समूहमा सिकार खेल्न गएको बुझिएको र बाँकी जानकारी अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ । घटनामा संलग्नहरूलाई कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : १५ बजे