‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सोडारीले बुझाए राजीनामा,नयाँ सरकार बनाउन दुई दिनको समय

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिनुभएको छ ।

उहाँले आज प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनु भएको हो । यसअघि उहाँले संसद्बाट विश्वासको मत लिने बताइए पनि उहाँले राजीनामा बुझाउनु भएको हो ।

केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो ।

यसैबीच  सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ।

प्रदेश प्रमुख मियाँले यही आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो । 

 

 

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ०६ बजे