‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विद्युतीय व्यापार विधेयक चाँडो पारित गर्न मन्त्रीको सुझाव 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक, २०८० छिटो पारित गर्न आग्रह गर्नुभएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँगको छलफलमा उहाँले यो विधेयक पारित भए ई–कमर्सबाट सञ्चालन हुने व्यापारमा सहजता आउने भन्दै छिटो पारित गर्न समितिलाई आग्रह गर्नुभएको हो ।

“एक साताभित्र साझा निष्कर्षमा पुगेर संशोधनलाई समेत समेट्ने गरी एउटा निष्कर्षमा पुग्न सकिन्छ भन्दै विधेयकलाई पारित गरौं, विधेयक पारित भएपछि उत्साह पैदा हुनेछ,” मन्त्री भण्डारीले भन्नुभयो, “जसबाट ई–कमर्सबाट सञ्चालन हुने व्यापार कारोबारहरूलाई नियमन गर्ने तथा यसलाई सञ्चालन गर्ने कुरामा सहजता हुन्छ ।” 

मन्त्री भण्डारीले संशोधन प्रस्तावहरूका केही महत्त्वपूर्ण दफाहरूमा मन्त्रालयले पनि आवश्यक तयारी गर्ने भन्दै सभापतिले दलगत रूपमा संशोधनलाई निष्कर्षमा पु-याउने हो भने पनि मन्त्रालय तयार रहेको बताउनुभयो ।

मन्तव्यकै क्रममा उहाँले भन्नुभयो, “आएका संशोधन प्रस्तावहरू छलफलबाट अगाडि बढाएर तिनका केही महत्त्वपूर्ण दफाहरूमा मन्त्रालयले पनि आवश्यक तयारी गर्ने छ । समितिका तर्फबाट सभापतिले दलगत रूपमा संशोधनकर्ताहरूको प्रतिनिधित्व गर्ने गरी छलफल र संशोधनलाई निष्कर्षमा पु-याउने हो भने पनि मन्त्रालय तयार छ ।”

त्यस्तै उहाँले संसद्ले बिजनेस नपाएको बेलामा समितिहरूमा धेरै विधेयकहरू छलफलमा रहेको भन्दै कानूनको अभावले प्रभावित भएको कामहरूलाई यतिबेला निष्कर्ष दिन र सरकारलाई पनि प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ०४ बजे