‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा र गौतमबुद्ध विमानस्थलमाथि प्रधानमन्त्री ओलीको चासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनका समस्या र समाधानबारे चासो राख्दै सम्बन्ध अधिकारीहरूसँग छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री आरजु राणा, पर्यटनमन्त्री बद्री पाण्डे, श्रममन्त्री शरतसिंह भण्डारी, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा लगायत तत् सम्बन्धी मन्त्रालयका पदाधिकारीहरू सहभागी छन् । 

निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि दुवै विमानस्थल अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।  

चिनियाँ सहयोगमा निर्माण भएको पोखरा विमानस्थल र सहयोग जुटाएर नेपाल आफैँले निर्माण गरेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदा मुलुकलाई ठूलो घाटा भइरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : २८ बजे