‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नागरिक उन्मुक्तिसमेत सरकारमा, थपिए तीन राज्यमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । ओलीले पहिलो पटक तीन राज्यमन्त्री थप्दै मन्त्रीपरिषद्लाई पूर्णता दिनुभएको हो । 

यो विस्तारसँगै सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सत्तामा गएको छ । नागरिक उन्मुक्तिका कैलालीबाट निर्वाचित सांसद अरुण कुमार चौधरी पर्यटन नागरिक उड्डयन तथा संस्कृति राज्य मन्त्री हुनुभएको छ ।

त्यसैगरी रामेछापबाट निर्वाचित काँग्रेस सांसद कान्छा लामा भनिने पूर्णबहादुर तामाङ ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री हुनुभएको छ ।  समानुपातिक सांसद रूपा विक वन तथा वातावरण राज्यमन्त्री हुनुभएको छ । 

संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने व्यवस्था छ ।  राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  २ : ०२ बजे