कञ्चनपुर । बिहीबार खेतबारीमा काम गरिरहेकी २२ वर्षीया महिलामाथि आक्रमण गरी ज्यान लिने नरभक्षी बाघ नियन्त्रणमा परेको छ ।
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ नम्बरमा रहेको उखुबारीमा लुकेको अवस्थामा नरभक्षी बाघ पक्राउ गरिएको हो ।
शुक्रबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्रविधिसहितको टोलीले चारवटा हात्तीको सहयोगमा अचेत पारी बाघ नियन्त्रणमा लिएको हाे । उक्त भाले बाघ बङ्गाल टाइगर रहेको बताइएको छ ।
उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज लागिने भएको छ । उक्त बाघको आक्रमणबाट स्थानीय २२ वर्षीय महिला हिरा साहुको मृत्यु भएको थियो ।
प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार ११ : ०७ बजे
प्रतिक्रिया