‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुदुरपश्चिमको सोडारी सरकार आजै ढल्ने

धनगढी  ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ४ बजे प्रदेश सभा बैठक डाकिएको छ ।

बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनका लागि साउन १६ गते प्रदेश सभा सचिवालयमा पत्र पठाउनुभएको थियो ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले यसअघि जेठ ४ गते प्रदेश सभामा विश्वासको मत लिनुभएको थियो ।

अहिले मुख्यमन्त्री सोडारीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य गरि १५ जनाको समर्थन रहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा (बहुमत) २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेसका १८ र एमालेका ११ जना प्रदेश सभा सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : ०० बजे