साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रभु इन्स्योरेन्स २९ औँ वर्षमा प्रवेश, बीमितलाई छिटो दाबी भुक्तानी र लगानीकर्तालाई उच्च प्रतिफल दिने प्रतिबद्धता

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी आजबाट २८ वर्ष पुरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । आजभन्दा २८ वर्ष पहिले अर्थात् २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको कम्पनी आजबाट गौरवमय २९ वर्षमा प्रवेश गरेको हो ।

प्रभु ग्रुपद्वारा प्रवर्द्धित प्रभु इन्स्योरेन्स कम्पनीले २९ औँ वार्षिकोत्सवको अवसरमा मुख्य रूपमा बीमितलाई जतिसक्दो छिटो दाबी भुक्तानी, लगानीकर्तालाई उच्चतम् प्रतिफल तथा बीमितहरूको जोखिमको उचित तरिकाले रक्षावरण गर्ने प्रतिबद्धता जनाएको छ ।

स्थापनाको समयमा ५ करोड रुपैयाँ पुँजीले सुरुवात गरेको कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेको प्रभु इन्स्योरेन्सको सो हकप्रद नेपाल धितोपत्र बोर्डमा पाइपलाइनमा रहेको छ । यस वर्षको तथ्याङ्क अनुसार बीमा दाबी भुक्तानीमा सबैभन्दा राम्रो गरेर उत्कृष्ट हुन सफल भएको प्रभु इन्स्योरेन्स कम्पनीलाई अझै बीमित मैत्री र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ५ : ३५ बजे