‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज, कुन प्रदेशमा को ?

काठमाडौँ । नेकपा (एमाले) ले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौँको बसेरा होटलमा बसेको सचिवालय बैठकले लुम्बिनी र सुदूरपश्चिममा बाहेक अन्य पाँच प्रदेशमा नयाँ इन्चार्ज तोकेको हो ।

एमालेले कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज बनाएको छ । त्यस्तै, गण्डकी प्रदेशमा किरण गुरुङ र कर्णालीमा गोरखबहादुर बोगटी इन्चार्ज तोकिएका हुन् । लुम्बिनीमा पद्मा अर्याल र सुदूरपश्चिममा लेखराज भट्ट यसअघि नै हुनुहुन्थ्यो । उहाँहरूलाई निरन्तरता दिने निर्णय भएको हो । 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ४ : ५३ बजे