सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अस्पतालबाट डिस्चार्ज हुँदै क्याप्टेन मनिष शाक्य

काठमाडौँ । काठमाडौँमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् ।

गत साउन ९ गतेदेखि उनको काठमाडौँको  सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । 

काठमाडौँबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो । सो विमान दुर्घटना हुँदा जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो ।  

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ४ : १० बजे