सुनको मूल्यमा नयाँ कीर्तिमान

एनआरएनए अस्ट्रेलियाको निर्वाचन : नेपालको झण्डा बोकेर अभिषेकको प्यानल चुनावी मैदानमा

अस्ट्रेलिया/ नेपालबाट अस्ट्रेलिया गइ बसोबास गर्ने नेपालीहरूको संस्था NRNA को निर्वाचन आगामी जुलाई ३१ मा Australian Capital Territory मा पनि सम्पन्न हुँदै छ ।

निर्वाचन नजिकिंदै गर्दा नेतृत्वको लागि चुनावी सरगर्मी बढ्दै गइरहेको छ । विगतमा निर्वाचित नेतृत्वले व्यक्तिवादी अनि स्वेच्छाचारी ढङ्गले आफू र आफ्ना अनुकूल व्यक्तिहरूको सीमित घेरा भित्र रही एनआरएनए जस्तो गरिमामय संस्थालाइनै बदनामी बनाउने काम भएको भन्दै यसपटक स्वतन्त्र युवाहरुको टिम चुनावी मैदानमा उत्रिने भएपछि निर्वाचनप्रति धेरैको ध्यान खिचिएको छ ।

बिगतका नेतृत्वको गल्तीले संस्था बदनाम भएको बताउँदै अस्ष्ट्रलियाका नेपालीहरुमा ब्यापक असन्तुष्ट छाएकोले त्यस्ता असक्षम नेतृत्वलाई मत परिमाण बाट परास्त गर्न आफुहरु स्वतन्त्र समूहको नाउँमा चुनावी मैदानमा उत्रिनु परेको स्वतन्त्र युवाहरूको टिम संयोजक अभिषेक उप्रेदीले बताउनुभयो ।

‘हाम्रा समस्याहरु साँझा समस्याहरु छन्, पार्टीको चस्मा लगाउनेहरुले हाम्रा समस्याहरु समाधान गर्न सक्दैनन् त्यसैले हामी स्वतन्त्र भएर निर्वाचनमा होमिदैं छौ, अभिषेकले भन्नुभयो ।

‘हामी कुनै दलको फाइदाको लागि सोच्दैनौ, कसैलाई काखा र पाखा पनि गर्दैनौ, त्यही भएर हामी प्रति आकर्षण बढ्नु स्वभाविक छ अभिषेकले बताउनुभयो ।

‘NRNA को गरिमा लाई उच्च बनाउनका लागि म अभिषेक उप्रेतीको संयोजकत्वमा सचिव, सह सचिव,कोषाध्यक्ष र यूथ संयोजक क्रमशः बासु चापागाईँ, समीर आचार्य, रौनक कोइराला र रबिन मैनाली सहित अन्य स्वतन्त्र युवाहरूको टिम निर्वाचनमा कुनै पार्टीको झन्डा नबोकी मात्र नेपालको राष्ट्रिय झन्डालाई उठाउँदै , निर्वाचनको प्रतिस्पर्धात्मक मैदानमा उत्रिएका छौ", उप्रेती भन्नुभयो ।

स्वतन्त्र युवाहरूको टिमलाई आम ब्ऋत् मा बसोबास गर्ने नेपालीहरूको व्यापक साथ र समर्थन रहेको र यति बेला  अस्ष्ट्रलियामा चुनावको गर्मा गर्मी बडेको यूथ संयोजकका उम्मेदवार रबिन मैनालीले जानकारी गराउनु भयाे ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : ४६ बजे