साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेप्से परिसूचक ५ अंकले घट्यो, २१ अर्बको कारोबार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा रोकिएको छ । 

आज बजार घटे पनि कारोबार रकम भने २१ अर्ब ७१ करोडभन्दा माथि पुगेको छ ।

आज ३३२ कम्पनीका ५ करोड १३ लाखभन्दा बढी कित्ता सेयरको करिब २ लाख २९ हजार पटक कारोबार भएको थियो ।

आज हाइड्रोइलेक्ट्रीसिटी कम्पनी, नेपाल हाइड्रो डेभलोपर, शुभम पावर, सिटी होटल लिमिटेड र कुथेरी भुखारी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

त्यस्तै आज सबै भन्दा बढी पिपुल्स हाइड्रोको ९.१३ प्रतिशत सेयर घटेको थियो । आज कारोबार रकमका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ५९ करोड ७५ लाख ९९ हजारको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ३ : ४२ बजे