‘एउटै नाउरको सिकार गर्न २३ लाख’

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले साउन १७ गतेबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन दिनुपर्ने छ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा  सो सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने समेत कम्पनीले कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ३ : ०० बजे