‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सहकारी ठगी प्रकरणमा समितिले लामिछानेसँग बयान लिने 

काठमाडौँ। सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले  पूर्व उप तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिने भएको छ। हालसम्मको अनुसन्धानपछि लामिछानेसँग बयान लिने भएको स्रोतले बतायो। 

सूर्य दर्शन सहकारी हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मुछिएको समितिले निष्कर्ष निकालेको छ।  ‘सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कास्की वित्तीय स्थितिका विषयमा प्रस्तुत विश्लेषणात्मक अनुसन्धानले  ग्यालेक्सी टेलिभिजनका पूर्वपत्रकार समेत रहेका रवि लामिछाने रकम हिनामिनामा मुछिएका देखिएको छ ’  स्रोतले भन्यो । 

अनुसन्धान अनुसार ग्यालेक्सी टेलिभिजनका सञ्चालक जितेन्द्र न्द्रबाबु (जीबी) राईको समूहले सूर्य दर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको देखिएको छ । साथै, सूर्य दर्शन सहकारीसँग कुनै साइनो नभएको दाबी गर्ने रवि लामिछाने समेत सहकारीको रकम हिनामिनामा देखिएको स्रोतले दाबी ग-यो ।

समितिका स्रोतका अनुसार लामिछाने सिधै सहकारी प्रकरणमा नमुछिए पनि उनी महाप्रबन्धक रहेको  गोरखा मिडिया नेटवर्कका  नाममा रहस्यमय तरिकाले ऋण प्रवाह भएको देखिएको स्रोतले बतायो। समिति स्रोतका अनुसार उनलाई सहकारीको तर्फबाट भन्दा पनि ऋण लिने गोरखा मिडिया नेटवर्कको महाप्रबन्धको हैसियतले बयानका लागि बोलाउने समिति स्रोतको दाबी छ। 
 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १० : ४९ बजे