काठमाडौं । तीनवटा प्रदेशमा नयाँ प्रमुख प्रमुख नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बागमती, लुम्बिी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरिएको शीतल निवासले जनाएको छ।
बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त हुनुभएको हो ।
यसअघिका बाग्मतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियार हटाइनु भएको हो ।
प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार ६ : ४७ बजे
प्रतिक्रिया