‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कुमारी बैंक र डिआइ स्किन तथा डिआइ डेन्टल केयरबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फूटार, काठमाडौं स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआर गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । 
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ५ : ३७ बजे