साफ यू–१७ च्याम्पियनसिप आजदेखि

महोत्तरीको  विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलगायत महोत्तरी जिल्लाबाट निर्वाचित  स्थानीय तहका प्रमुख, प्रदेश सांसद, प्रदेशका मन्त्रीलगायत  उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई सो पत्र बुझाएको हो । 

प्रधानमन्त्रीसँग भेटका क्रममा मुख्य चारवटा कुरालाई समेटिएको छ । सदरमुकाम  जलेश्वर भन्सारमा सुख्खा बन्दरगाह निर्माण, जीर्णोद्धारको अवस्थामा रहेको  जलेश्वर कारागारको  पुनर्निर्माण, मनिपाल कलेज निर्माण गर्ने सम्बन्धमा ३२ बिघा जमिन जनताबाट सस्तो मूल्यमा लिई अलपत्र पारेकामा तत्काल त्यसको समस्या हल गर्न र समग्र महोत्तरी जिल्लाको विकासको सम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ५ : १४ बजे