‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेप्सेमा ६४ अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ६४ अङ्कले बढेको छ । आज नेप्से ६४.२५ अङ्कले बढेर २७६०. ९० अङ्कमा पुगेको छ  ।

आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ ।

आज युनाइटेड अजोड इन्सुरेन्स, गोर्खा फाइनान्ससहित ८ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने सिभिल बैंक डिभेन्चर २०८८ को सबैभन्दा बढी७.९२ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ८४ करोड ४९ लाख ९४ हजार ३१७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावरको १४ लाख ७७ हजार २२९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ३० बजे