साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुरक्षा सल्लाहकारबाट शंकरदास बैरागीको राजीनामा 

काठमाडौं । राष्ट्रिय सुरक्षापरिषद्का सुरक्षा सल्लहाकार शंकरदास बैरागीले राजीनामा दिएका छन् । उनले साउन ९ गते राजीनामा दिएको स्रोतले बतायो। 

तत्कालीन प्रधामनन्त्री प्रचण्ड नेतृत्वको सरकारको पालामा उनलाई सुरक्षा सल्लहाकारमा सरुवा गरेर वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाइएको थियो । 

अवकाश पाउन तीन महिना बाँकी हुँदा  बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको थियो  ।मुख्य सचिवमा अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको नियुक्त एकै दिन भएको थियो । पछिल्लो पटक भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : ५६ बजे