साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

भारतको केरलामा बाढी र भूस्खलनमा मृत्यु हुनेको सङ्ख्या १४४ नाघ्यो

काठमाडौँ । भारतको केरलाको वायनाडमा आएको बाढी र भूस्खलनमा मृत्यु हुनेको सङ्ख्या १४४ पुगेको छ ।

केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १४४ जनाको मृत्यु भएको र १९२ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

घटनामा बेपत्ता हुनेको सङ्ख्या ९८ पुगेको बताइएको छ ।

प्राकृतिक विपदबाट ठुलो सङ्ख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : ३६ बजे