साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

हमासका शीर्ष नेता हानिया इरानमा मारिए

काठमाडौँ । हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको आवासमा गरिएको एक आक्रमणमा उनको मृत्यु भएको बताएको छ ।

 

यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर यस आक्रमणमा इजरायलको संलग्नता हुन सक्ने बताइएको छ ।

 

हमासका अनुसार इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा सहभागी हुन तेहरान पुगेका हानियालाई आवासमै आक्रमण गरिएको थियो ।

 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । इरानको सरकारी मिडियाले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ ।

 

इस्माइल हानिया हमासको राजनीतिक ब्युरोका प्रमुख थिए भने उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ सरकारका प्रधानमन्त्री थिए । हाल धेरैजसो कतारमा रहेर अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा उनको सहभागिता देखिँदै आएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : २८ बजे