‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कामको खोजीमा विदेश गएका १३ सय नेपालीको मृत्यु, ९८ करोड सहयोग 

काठमाडौं । कामको खोजीमा विदेश गएकामध्ये १ हजार ३ सय नेपालीको मृत्यु भएको छ । मृत्यु, अंगभंग, बिरामी तथा मृतकका आफन्तको अभिमुखीकरणका लागि करिब ९८ करोड रुपैयाँ सहयोग गरेको वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको २०८०–८१ को प्रतिवेदनले देखाएको हो । 

बोर्डले सार्वजानिक गरेको प्रगति प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४१ महिलासहित १ हजार ३०५ नेपाली श्रमिकको रोजगारी क्रममा विदेश मृत्यु भएको उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिनेको संख्या १ हजार २०८ रहेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा विदेशमा मृत्यु हुने नेपालीको संख्या १३८ जनाले बढेको छ । बोर्डका निर्देशक  टिकाराम ढकालले वैदेशिक रोजगारीमा रहेका युवाका लागि प्रदान गर्दै आएको विभिन्न शीर्षकअन्तर्गत गत आवमा ९८ करोडको हाराहारीमा आर्थिक सहयोग गरेको बताउनुभएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मृत्यु हुने नेपालीको संख्या बढेको छ । बोर्डले मृतक आफन्त, अंगभंग, बिरामी, उद्दार, शव व्यवस्थापन अभिमुखीकरण र उपचारका लागि गर्ने खर्च गर्छ ।

अघिल्लो आवमा यो शीर्षकमा ८४ करोड ८० लाख सहायता रकम वितरण भएको थियो । मृत्यु, अंगभंग तथा बिरामीको संख्या बढेसँगै अनिवार्य दायित्वभित्र पर्ने सहयोग रम समेत बढ्दै गएको बोर्डले जनाएको छ ।

यो तथ्यांक गत वर्षमा विदेशमा मृत्यु भएको संख्या आर्थिक सहायता लिने मापदण्डमा परेका श्रमिकको मात्र हो । विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेको संख्या जोडदा विदेशमा मृत्यु हुनेको संख्या अझ बढी छ ।

गत आवमा अंगभंग, बिरामी भएका श्रमिकको संख्या ६५३ रहेको थियो । यसरी अंगभंग, बिरामी भएका श्रमिकका लागि लगभग १९ करोड ४६ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरिएको थियो । 

बोर्डले गत वर्ष विदेशमा मृत्यु भएकामध्ये ७७५ श्रमिकको शव गृह जिल्ला ढुवानी गर्न ३ करोड ४१ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । यसरी विदेशबाट ३०८ श्रमिकको शव झिकाउन ३ करोड ७३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । 

योबाहेक सरकारले विदेशमा मृत्यु हुने श्रमिकका नजिकका हकवालालाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता दिँदै आएको छ । बोर्डले सार्वजानिक गरेको वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा कम मृत्यु दर युएई ०.२१ प्रतिशत, कतार ०.२४, साउदी अरब ०.३९ र सबैभन्दा बढी मलेसिया ०.८३ प्रतिशत रहेको छ । विगत ३ वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढ्दै गइरहेको प्रतिवेदनले देखाएको छ ।  

मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्चसमेत वृद्धि हुँदै आएको छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाईनमार्फत गरेसँगै सेवाग्राही संख्या बढेर सहयोग रकम पनि बढेको हो ।

यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउनेमा वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन भएर श्रम स्वीकृतिको अवधिमा नेपालमा रहँदा मृत्यु भए पनि ७ लाख रुपैयाँ पाउने निर्णय भएपछि सहयोग लिनेको संख्या बढेको छ । 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : १३ बजे